Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – म्याग्देली सञ्जाल जापानले नेपाली नयाँ बर्ष २०६९ तथा गोल्डेन उईकको अवसरमा आयोजना गरेको म्याग्देली स्वर्णिम साँझ कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारत्रय मुन्द्रे, खड्ग र मुना आज अपरान्ह टोकियो आइपुगेका छन् ।

सालैजो, रोयला, कौडा, झ्याउरे, लोकभाका तथा लोकदोहोरीका स्थापित गायक खडग गर्बुजा, पछिल्ला समयमा लोकदोहोरी क्षेत्रकी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा चर्चा बटुलेकी मुना थापा मगर र टेलिशृँखला जिरेखुर्सानीका हस्ती कलाकार जितु नेपाल ‘मुन्द्रे’ टोकियो आएका हुन् ।

कलाकारत्रयलाई आयोजक सँस्थाका अध्यक्ष महेन्द्र खड्का, उपाध्यक्ष महेन्द्र वानिया, सदस्यहरु देवेन्द्र भण्डारी, बिष्णु वानिया लगायतका सन्जालका पदाधिकारीहरुले नारिता विमानस्थलमा स्वागत गरेका थिए ।

यहि ३० तारिख सोमबार इताबासी हाईलाईफ प्लाजामा अपरान्ह हुन गईरहेको कलाकारत्रयको प्रमुख आकर्षण रहेको बिशेष हास्य तथा लोकझंकार कार्यक्रम स्वर्णिम साँगीतिक साँझको सम्पूर्ण तैयारी पुरा भईसकेको सञ्जालले जनाएको छ ।

राजधानी टोकियोपछि कलाकारहरुको मई ५ तारिख शनिबार नागोयामा पनि बिशेष धमाकेदार कार्यक्रम हुने भएको छ । नेपाल आदीवासी जनजाती महासंघ  नागोया र म्याग्देली सञ्जाल नागोया क्षेत्रको आयोजनामा हुने सो कार्यक्रमको पनि सबै तैयारी पुरा भएको नागोयाबाट ज्ञान पुन मगरले बताएका छन् ।

गर्बुजाको  ‘त्यो रानी वनको तीरतिरे धारा सालैजो’ बोलको गीत जनजिब्रोमा झुण्डिएको अत्यन्त लोकप्रिय भाका मानिन्छ । ‘तीते करेलीले, मलाई लठ्ठ बनायो झिमझिम परेलीले’ मुनाको उत्तिकै चर्चा पाएको दोहोरी एल्बम हो । जितु नेपाल ‘मुन्द्रे’ टेलिभिजनको पर्दामा मात्र नभएर स्वदेश तथा बिदेशका कार्यक्रमहरुमा छाईरहने हास्य क्षेत्रका युवा ढुकढुकी बनेर जमेका छन् । यीनै कलाकारत्रयको साँगीतिक माहौलमा जापानका नेपालीहरुले यो बर्षको गोल्डेन उईक मनाउने भएका छन् । ***
कार्यक्रम सम्बन्धि थप जानकारीका लागि  

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया