Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर १७ तारिख अर्थात दरखाने दिनमा टोकियोमा महोत्सवकैरुपमा तीज बिशेष बृहत कार्यक्रम हुने भएको छ ।

नेपालका ख्यातीप्राप्त एवं तीज बिशेष गायन क्षेत्रका चर्चाका शिखरमा रहेका गायिकाहरुलाई जापान आमन्त्रण गरी यो बर्षको तीज जापानमा बिशेषरुपले मनाउन तीज महोत्सवको आयोजना गरिएको बताईएको छ ।

प्रवासमा रहेका नेपाली नारीहरुलाई लक्षित गरी जापानबाट सञ्चालित अनलाईन ‘नारी सञ्जाल जापान’ को आयोजनामा यो बर्षको तीज कार्यक्रम हुन गईरहेको हो । उक्त कार्यक्रम आयोजनाका लागि जापानमा रहेका सक्रिय महिलाहरु सम्मिलित एक आयोजक कमिटी गठन गरिएको संयोजक छक्कू उदासीले बताईन् ।

तीज महोत्सव कार्यक्रम सम्पन्न गर्नका लागि टोकियोको बाक्लो नेपालीहरुको बसोबास रहेको ओता-कु मा पर्ने कामातामा करिव १ हजार जना अट्ने हलको ब्यवस्था गरिएको सो समितिले जनाएको छ ।

जापानमा नेपाली महिलाहरुलाई संगठित गर्दै सामाजिक क्रियाकलापमा क्रियाशील एवं जिम्मेवार बनाउने उद्देश्यले छक्कू उदासीकै सक्रियतामा सन् २००१ देखि औपचारिकरुपमा तीज कार्यक्रम शुरु भएको थियो, तत्पश्चात हरेक बर्ष तीज कार्यक्रम आयोजना हुँदै आएको छ। पछिल्ला बर्षहरुमा भने बिभिन्न संघसंस्थाहरुले जापानमा तीज कार्यक्रम आयोजना गर्दै आएका छन् ।

‘नारीहरुका दबिएका आवाज बुलन्द गर्न, नारीहरुकै हस्ताक्षरमार्फत नारी हित र जागरणका निम्ती सञ्चालित नारी सञ्जाल जापानको सहयोगार्थ यो बर्षको तीज महोत्सव आयोजना हुन गईरहेकोले सबै संघसंस्थालगायत जापानमा रहनुहुने नेपाली दिदिबहिनी तथा दाजुभाइ एवं मिडियाजगतले सहयोग, समर्थन र सहकार्यको हात अगाडि बढाईदिन नारी सञ्जाल जापानकी सञ्चालकसमेत रहेकी आयोजक कमिटीका संयोजक छक्कू उदासीले हार्दिक अनुरोध गरेकीछिन् ।

कार्यक्रम सभ्य, भब्य र सुसँस्कृत एवं मौलिक नेपाली वातावरणमा सम्पन्न गर्न जापानका प्रतिष्ठित ब्यवसायी कम्पनीहरुले प्रायोजन गर्ने भएका छन् । कार्यक्रम ऐतिहासिक हुने आयोजकको दाबी छ । ***

तपाईको प्रतिक्रिया