Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – स्थानीय तहको चुनावका लागि अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आइतबारसम्म चार अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ रुपैयाँ खर्च भएको विवरण आयोगमा प्राप्त भएको छ ।

वैशाख मसान्तसम्ममा तीन अर्ब १६ करोड, ३३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको आयोगले त्यसपछि जेठ २१ गतेसम्ममा थप एक अर्ब ५७ करोड आठ लाख ३० हजार  रुपैयाँ खर्च भएको जनाएको छ ।

आयोगका अनुसार क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई एक अर्ब २७ करोड २५ लाख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई दुई अर्ब ६० करोड, २७ लाख ५३ हजार, क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई ४२ लाख ५० हजार, गृह मन्त्रालयलाई एक करोड २७ लाख ४५ हजार रुपैयाँ निकासा भइसकेको छ ।

यो अवधिमा आयोगको खर्च ८४ करोड, ४१ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । प्रवक्ता शर्माका अनुुुुसार मतपेटिका, मतपत्र छपाइसहितका केही सामग्रीको भुक्तानी गर्न भने बाँकी छ ।

सरकारले स्थानीय तहको चुनावका लागि आयोगलाई १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १ सय ६८ रुपैयाँ उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया