Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – जापानीहरु सदैव आफ्नो अनौठो हर्कतका लागि चिनिन्छन् । फेरि यस्तै अनौठो समाचार आएको छ । यो पछिल्लो खबर चाहीँ सामुहिक स्नानघरको हो । राजधानी टोकियोमा रहेको हिनोदेयु बाथ हाउस नामक सामूहिक स्नानघर यसकारण चर्चित छ की यहाँ मानिसहरुले निर्वस्त्र रुपमा सामूहिक रुपमा नुहाउने गर्दछन् ।

यो सुन्दैमा अनौठो लाग्दछ । खासगरी जापानी युवाहरुलाई आकषिर्त गर्नका लागि यो स्नानघरको निर्माण गरिएको हो । यो सामूहिक निर्वस्त्र स्नानघर खोल्नुको एउटा उद्धेश्य चाहीँ जापानी युवाहरुलाई सामूहिक स्नानको पूरानो परम्परालाई सम्झाउनु हो । जापानमा दशकौंदेखि सामुहिक स्नानको परम्परा चलिआएको छ । यस्तो सामूहिक स्नानलाई सिन्टो भनिन्छ ।

आजकल आधुनिक जीवनशैलीका कारण घरमा अत्याधुनिक बाथरुम बनेसँगै सिन्टो परम्परा लोप हुन थालेको छ । जसका कारण उक्त अनौठो निर्वस्त्र सामुहिक स्नानघर खोलिएको हो । उक्त सामूहिक निर्वस्त्र स्नानघरमा नुहाउन आउने युवाहरुले अरु धेरै कुरा सिक्दछन् पनि । नुहाउने बेला यहाँ विभिन्न खेल पनि खेल्न पाइन्छ ।

साथै जिवन जिउने विभिन्न तरिकाहरु एक अर्कामा शेयर गर्दछन् । त्यसैले यसलाई निर्वस्त्र स्नानघर मात्र होइन की निर्वस्त्र स्कुल नै भन्ने गरिएको छ । यो निर्वस्त्र स्नानघर तथा स्कुलमा नुहाउन र सिक्नका लागि झण्डै ४ सय रुपैयाँ बराबर मूल्य तिर्नुपर्दछ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया