Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट एलइडी बल्ब खरिद गर्दा भ्रष्टाचार भएको पुष्टि गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।  केही सञ्चारमाध्यममा बल्ब खरिदमा भ्रष्टाचार हुन लागेको खबर छापिएपछि आज पत्रकार सम्मेलन गरि कार्यकारी निर्देशक घिसिङले देशलाई उज्यालो बनाउने पवित्र लक्ष्यसहित बल्ब खरिद गर्द लागेको दाबी गर्दै यसमा भ्रष्टाचार भएको पुष्टि भए आफू देश छोड्न तयार रहेको बताउनु भएको हो ।

उहाँले भ्रष्टाचार पुष्टि गरे नागरिकले आफूलाई सार्वजनिक ठाउँमा फाँसी दिएपनि आफूले स्वीकार्ने बताउनुभयो । पत्रकार सम्मेलनमा भाबुक भएका घिसिङले कमिसन खानु पर्ने भए केही घण्टा लोडसेडिङ गरेरै दुईचार करोड कमाउन सक्ने अवस्था रहेको बताउनुभयो ।  अर्को हिउँदमा लोडसेडिङ हुन नदिन बल्ब किन्न लागिएको जानकारी दिँदै उहाँले सार्वजनिक खरिद ऐन अनुसार कोटेशन आह्वान गरेर मात्र बल्ब किन्ने हो भने हिउँदपछि मात्र बल्ब ल्याउन सकिने भएकाले गभर्मेण्ट टू गभर्मेण्ट अर्थात जि टु जि प्रक्रियाबाट बल्ब खरिद गर्न लागिएको बताउनुभयो ।

प्राधिकरणले किन्न लागेका बल्ब वितरण गरेर २ सय मेगावाट विजुली बचत गरी आउँदो हिउँदमा पनि लोडसेडिङ हुन नदिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया