Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – खाद्य असुरक्षा तथा भोकमरीका कारण मानिस विस्थापित हुने क्रम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्य असुरक्षा र बसाईंसरार्इंबिच गम्भीर सम्बन्ध रहेको र खाद्य असुरक्षाका कारण मानिस विस्थापित हुने क्रम पछिल्लो समय बढेको राष्ट्रसंघको नयाँ अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० खाद्य सुरक्षा, द्वन्द्व र बसाईंसराईं बिच रहेको सम्बन्धका बारेमा गरेको अध्ययनले मानिस विस्थापित हुने कारणमा खाद्य असुरक्षा प्रमुख मध्ये एक देखिएको हो । खाद्य असुरक्षा एक प्रतिशत बढेमा मानिस विस्थापित हुनेदर त्यसको दोब्बर हुने देखिएको डब्लुएफपीले जनाएको छ । एक प्रतिशत खाद्य असुरक्षा बढेमा विस्थापनको दर एक दशमलव ९ प्रतिशतल बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघले खाद्य सुरक्षाका लागि लगानी बढाउनु पर्नेमा जोड दिएको छ । बसाईंसराईं आफैमा खाद्य असुरक्षाको कारण पनि रहेकोले लगानी बढाएर विस्थापित हुने क्रमलाई रोक्नु पर्ने डब्लुएफपीको भनाई छ । डब्लुएफपीका कार्यकारी निर्देशक डेविड बिस्लीले विश्वमा दशौंलाख मानिस खाद्य असुरक्षाकै कारण विस्थापित भएकाले उनीहरुलाई आफ्नै ठाउँमा स्थापित गराउनका लागि एकीकृत लगानीको खाँचो रहेको बताउनुभयो ।

द्वन्द्वका कारण विस्थापन र विस्थापनका कारण खाद्य सुरक्षा कमजोर बन्ने गरेको र खाद्य असुरक्षाका कारण विस्थापन दर थप बढेको देखिएको छ । विस्थापित भएका मानिसहरु आफ्नो गाउँघर नजिकै बस्न चाहे पनि खाद्य असुरक्षाले उनीहरुलाई पर धकेल्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

खाद्य असुरक्षाका कारण विस्थापित हुनेमा द्वन्द्वग्रस्त देशका नागरिक बढी छन् । खाद्य सुरक्षा र विस्थापनको दर रोक्नका लागि द्वन्द्व समाधान गर्नु पर्नेमा पनि जोड दिइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया