Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – मारवाडी सेवा समिति विर्तामोड झापाले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुँडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको संयुक्त आयोजना रहेको छ ।

शिविरमा डा लक्ष्मीनारायण स्वामी, डा अरविन्दकुमार र डा अभिजितले सेवाग्राहीको स्वास्थ्य जाँच गरिरहनुभएको छ । एक्युप्रेसर रिसर्च एन्ड टिर्टमेन्ट इस्टिच्युट जोधपुर राजस्थान भारतको प्राविधिक सहयोगमा शिविर सुरु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया