Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

 टोकियो – जापानमा नेपाली साहित्यको श्रीबृद्धीका लागि क्रियाशील सँस्थाको नाम हो ‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान’ । नेपाली साहित्यको बिकास र बिस्तारका लागि बिश्वब्यापी सञ्जालमा फैलिएको अनेसासको एउटा हाँगा हो  ‘जापान च्याप्टर’, जसले हरेक तीन महिनामा नियमित ‘साहित्य शृँखला’ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

 

साहित्यिक मनहरुलाई एकैठाउँमा भेला गराएर आ-आफ्ना सिर्जनाहरु वाचन गर्ने, नेपाली साहित्यका लागि डायस्पोराबाट निर्बाह गर्न सकिने भूमिका एवं सक्रियताका विविध पक्षबारे चिन्तन, मनन र विचार-विमर्श गर्ने चौतारीकारुपमा बिकास हुँदै आएको छ, साहित्यिक शृँखला कार्यक्रम । ‘यसप्रकारको कार्यक्रम मार्फत प्रवासमा छरपष्ट भएका साहित्यनुरागीहरुलाई एउटै मालामा उन्ने रचनात्मक कार्यमा नयाँ आयाम भित्र्याउने नेपाली साहित्यका लागि जापानमा साधनारत नयाँ पुस्ता प्रशंसाको पात्र बनेको छ, यस पुस्ताका आशालाग्दा साहित्यिक अनुहारहरु  “नामको पछि धेरै ठाम”‘ धाउनुभन्दा दायाँबाया विचलित नभई साहित्यकै सेरोफेरोमा रमाउन सकेहुन्थ्यो’ – यसै भन्छन घरदेश र परदेशका साहित्यिक अग्रजहरु ।

भनिन्छ, भाषा र साहित्यको कुनै सिमाना र जात पनि हुदैन । यसले छुनेलाई छुन्छ, नछुनेलाई छुँदैन, सिर्जना र साधनामा जो संकल्पित हुन्छ उसले यसको गहिराई नापेको हुन्छ, बुझेको हुन्छ । त्यसैले त साहित्यिक मनहरु बेलाबेलामा अलग्गै एकैठाउँमा झुम्मिन पुग्दछन् त कहिले साहित्यिक यात्राको तय गर्दछन् । ठिक यसरी नै एउटा साहित्यिक यात्रामा जुटेको छ, यतिखेर अनेसास जापान । नेपाली नयाँ बर्ष २०६९ को अवसर र साहित्यकार भीमनिधि तिवारीको शतवार्षिकिको सन्दर्भ पारेर उक्त साहित्यिक यात्रासहितको साहित्य शृँखला नागोया ओजोनेको कम्युनिटी सेन्टरमा हुने भएको छ ।

आइतवार परेको आउँदो अप्रिल २२ को शुभप्रभातसंगै टोकियोबाट केहि दर्जन साहित्यिक अनुहारहरु नागोयाका लागि प्रस्थान गर्दैछ, यसको चाँजोपाँजो सबै मिलाईसकिएको बताउँछन् अनेसास जापान प्रमुख प्रकाश पौडेल माईला । ‘अग्रजलाई पछ्याउँदै, नयाँलाई समेट्दै अनेसासले साहित्यिक कार्यदिशा तय गर्दै आएको छ, जसले समुहमा साहित्यको गोडमेल र मलजल गर्ने सँस्कारको बिकास भएको छ’ – माईलाले भने ।

साहित्यिक यात्राको गन्तब्यबिन्दु भने नागोयामा आयोजित एक समारोहमा परिणत भएपछि हुन गईरहेको बताईएको छ । राजधानी र राजधानीबाहिरका स्रष्टाहरु एकैथलोमा भेला भई सिर्जनाका बृष्टिहरुले यो पटकको शृँखला बिशेष र बिषयक हुने आयोजकहरुको दाबी छ । साथै उनीहरुले साहित्यिक यात्रामा सामेल र समारोहमा सहभागी हुन पनि सबै साहित्यप्रेमीहरुमा अपिलसमेत गरेका छन् । ***

 

तपाईको प्रतिक्रिया