Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । रत्नश्री महिला समूहले आज आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो — “देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील छ ।”

स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भइरहेको जानकारी दिनुभयो । “राजधानीका केही स्थानमा त्यस्ता केन्द्र स्थापना भइसकेका छन्, अन्य ठाउँमा पनि शीघ्र स्थापना हुनेछन्” उहाँले भन्नुभयो – ‘सहरी क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने सरकारी नीति कार्यान्वयन आइसकेको छ ।’

मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा जोड दिनुभयो । समूहकी अध्यक्ष नीता सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहकी सल्लाहकार विष्णुदेवी पुडासैनी, सचिव इन्दिरा भण्डारी, सदस्य जमिला पोखरेल र समाजसेवी नरोत्तम वैद्यले महिला सशक्तीकरण भाषणमा नभई व्यवहारमा अनुवाद गर्न हरेक घरका पुरुषले महिलालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया