Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

मुन्द्रे, मुना र गर्बुजा जापान आउँदै

टोकियो- नयाँ बर्ष-२०६९ तथा गोल्डेन वीकको उपलक्ष्यमा म्याग्देली सञ्जाल जापानले नेपालका चर्चित कलाकारहरु आमन्त्रण गरी रमाईलो साँगीतिक कार्यक्रम पस्कने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लोक तथा दोहोरी फाँटका स्थापित कलाकार खडग गर्बुजा, सुरिलो स्वरका धनी एवं प्रखर दोहोरी गायिका मुना थापा र जिरे खुर्सानीका चर्चित हास्य कलाकार जितु नेपाललाई जापान बोलाएर म्याग्देली सञ्जालले यहि ३० अप्रिलका दिन ‘म्याग्देली स्वर्णिम साँझ’ सम्पन्न गर्ने भएको हो ।

‘तिते करेलीले’ बोलको दोहोरी एल्बमबाट चर्चाको शिखर चुमेकी गोरखाकी मुना थापाका थुप्रै दोहोरी एल्बमहरुले अहिले बजार तताएका छन् भने युरोप, अमेरिका र खाडी मुलुकहरुबाट साँगीतिक कार्यक्रमका लागि आउने निमन्त्रणामा भाग लिन उनलाई अहिले भ्याई-नभ्याई छ । सोहीअनुसार गायिका थापालाई म्याग्देली सञ्जालले पहिलोचोटी जापान ल्याउन लागेको हो ।

ब्रिटिश गोरखा सैनिकमा छानिएर पनि दूर्घटनामा परी अपाङ्ग बन्नुपरेपछिको पींडामा गायन क्षेत्रमा होमिएका म्याग्दीका खडग गर्बुजा मगर ठूलो संघर्षपछि अहिले स्थापित लोकगायक बनेका छन् । रेडियो नेपालमा कार्यरत गर्बुजाका टिपिकल नेपाली लोकभाकामा आधारित सालैजो, यानीमाया, रोईला,  कौडा, झ्याउरे लगायतका दर्जनौ एल्बमहरु बजारमा आईसकेका छन् । उनी सन् २००१ मा नेपाल मगर संघको निमन्त्रणामा एक साँगीतिक कार्यक्रमका लागि जापान निम्त्याईएका थिए । त्यतिबेला उनको कार्यक्रम टोकियोमा ऐतिहासिक र सफल कार्यक्रमकारुपमा दरिएको थियो ।

अर्का जिरे खुर्सानीका जितु नेपाल मुन्द्रे भने यसअघि ३ पटक जापान आईसकेका छन् । यद्यपि परिवर्तित समय र सन्दर्भलाई ख्याल गर्दै सही बिषयबस्तुको चयन गरी राजनैतिक तथा सामाजिक बिकृति र बिसंगतिप्रति उछिट्टो काढ्न माहिर मानिन्छन् – ‘मुन्द्रे’ । त्यसैले त उनको माग अन्तरराष्ट्रिय बजारमा घट्दो हैन, बढ्दो छ ।

कार्यक्रममा जापानमै रहेका चर्चित कलाकारहरुको पनि अपूर्व जमघट हुने बताईएको छ भने नवप्रतिभाहरुलाई पनि अवसर दिईने भएको छ । आफ्ना कला र गला प्रस्तुत गर्न चाहने महानुभावहरुले समयमै सम्पर्क राख्न आयोजकहरुले अनुरोध गरेका छन् ।

जिल्लाका अन्धा, आपाङ्ग तथा असहायहरुको सहयोगार्थ आयोजित उक्त कार्यक्रममा उपस्थित भईदिन सञ्जालका उपाध्यक्ष महेन्द्र बानियाले जापानबासी नेपालीहरुमा चुल्हेनिम्ता गरेका छन् ।  कार्यक्रम टोकियो इताबासीस्थित हाईप्लाजा हलमा अपरान्ह ३ बजेदेखि हुने भएको छ ।

थप जानकारीका लागि

तपाईको प्रतिक्रिया