जापान- ‘ब्ल्याक विडो’का नामले परिचित एक हत्याकाण्डकी अभियुक्त महिलालाई साइतामा अदालतले मुत्युदण्ड दिएको छ ।
३७ वर्षीया कानाई किजिमालाई सन् २००९ मा साइतामा, टोकियो र चिबाका तीन व्यक्ति हत्यामा संलग्न ठहर गर्दै मुत्युदण्ड दिइएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । किजिमाले ताकाओ तेरादा, केदो आन्दो र योसियुकोको हत्या गरेकी थिइन् । ती मध्ये ताकाओ र केन्जोको घरमा योसियुकोको भाडामा लिइएको कारमा हत्या गरिएको थियो ।
म्यारिज अनलाइनमा भेटिएका पाँचमध्ये तीनको स्लिपिङ ट्याब्लेट दिएपछि कार्बन मोनोअक्साइड प्रयोग गरेर हत्या गरिएको जनाइएको छ ।








