Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
जापान- विश्व प्रसिद्ध जापानी इलेक्ट्रोनिक कम्पनी सोनीले टेलिभिजनको उत्पादनमा कटौती गर्ने जनाएको छ । उसले विगत आठवर्षपछिको सबैभन्दा धेरै घाटा गतवर्ष व्यहोरेकोले यो घोषणा गरेकेा हो ।
सो कम्पनीले आफ्नो व्यापार घाटाको समाधानका लागि अहिलेसम्म टेलिभिजनका जति मोडेल बनाएको छ त्यसमा सन् २०१३ सम्ममा ४० प्रतिशतले कटौती गर्ने जनाएको छ ।
सो कटौतीमा सोनीलाई यस आर्थिक वर्षमा ९२ करोड ६० लाख डलर बराबरको खर्च गर्नुपर्नेछ । सोनीलाई टेलिभिजन बिजिनेसमा पछिल्लो आठ वर्षदेखि नोक्सान भइरहेको छ
कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा सोनीले अब इलेक्ट्रोनिक्सको बिजिनेसलाई जोडतोड रूपमा अर्के उचाइमा लान लागेको बताएको छ ।
बजार विश्लेषकहरूका अनुसार उसले प्रत्येक वर्ष दुई करोड टेलिभिजन सेट बिक्री गरिरहेको भएपनि यसले लाभ हासिल हुनसकेको छैन ।
उता उसको अर्को एक प्रतिद्वन्द्वी टेलिभिजन निर्माता जापानी कम्पनी सार्पलाई पनि ठूलो नोक्सानी हुने आशङ्का गरिएको अर्को एक समाचारमा जनाइएको छ ।
उसलाई पनि यो वर्ष करिब चार अर्ब ५० करोड डलर नोक्सान हुने आशङ्का व्यक्त गरिएको हालै सार्वजनिक गरिएको एक समाचारमा उल्लेख छ ।
इलेक्ट्रोनिक्स संसारको ठूलो कम्पनी सोनीले गत हप्ता नै कम्तीमा पनि १० हजार कामदार कटौती गर्न गइरहेको घोषणा गरेको थियो ।
कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकारी काजुओ हिराईले एक पत्रकार सम्मेलन गरी गतहप्ता नै सो घोषणा गर्नुभएको थियो ।
जापानले गत वर्षको मार्च ११ मा आएको महाभूकम्प र त्यसपछिको सुनामीका कारण व्यापारलगायत विभिन्न क्षेत्रमा क्षति व्यहोर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया