Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयले आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरुलाई काममा फर्किन अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले जारी गरेको अपिलमा ‘विभिन्न माग राखि आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो कार्यक्षेत्रमा गई नियमित स्वास्थ्य सेवा संचालन गर्न, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र राष्ट्रिय प्राथमिकताका कार्यक्रमलाई सफल बनाउन अग्रसरता लिन सबैमा स्वाथ्यमन्त्रालय हार्दिक अपिल गर्दछ’, भनिएको छ ।

लामो समयदेखि स्तरवृद्धि नभएको, स्वास्थ्य ऐनले व्यवस्था गरे अनुसार कर्मचारीको पदस्थापन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्था प्रारम्भ हुन अघि स्तरवृद्धि वा तह मिलान हुनु पर्ने कर्मचारीलाई पदस्थापन गर्न पुल दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदले गरेको अपिलमा उल्लेख छ ।

मन्त्रिपरिषद्को निर्णयसँगै वर्षौ देखि अन्योलमा रहेको ऐनको दफा ९ (ख) कार्यान्वयनको विषयलाई टुंग्याएको छ । स्वास्थ्यकर्मीले उठाएका विषयको सम्बोधन गर्न र कर्मचारीको वृत्ति विकास र दीर्घकालिन व्यवस्थापनको लागि बाटो खोलेको अपिलमा भनिएको छ ।

यस्तै, ऐन नियमावलीमा भएका प्रावधानको लामो समयसम्म कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मीहरुमा विभिन्न समस्याहरु आइरहेकामा कार्यान्वयन र आवश्यक संशोधनले स्वास्थ्यकर्मीहरुमा थप उत्प्रेरणा तथा हौसला मिल्ने मत्रालयले विश्वास लिएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया