Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
किरण भण्डारी
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले कसरी सेना समायोजनको ‘बोल्ड’ निर्णय लिएँ भन्ने जानकारी गराउन बुधबार दिउँसो ४ बजे लाजिम्पाटस्थित निवासमा दैनिक पत्रिकाका सम्पादक र माओवादी रिपोर्टिङ गरेका पत्रकारलाई निम्त्याए। राजनीतिको केन्द्रमा रहेका दाहालको ‘न्युज भ्यालु’ले उनलाई सुन्न उत्सुक पत्रकार ओइरिए।
पन्ध्र मिनेट ढिला पुगेका उनले शान्ति प्रक्रियामा उल्लेख्य फड्को मारेको वर्णन गर्दै संविधान लेखन पनि यसैगरी अघि बढ्ने दृढता व्यक्त गरे, आत्मविश्वाससाथ।
पत्रकारहरूले प्रश्न गर्न थालेपछि भने उनी निकै हतारिएका देखिए। सम्पादकहरूले नै प्रश्न गर्न थाले। उनी पटकपटक देब्रे हातको घडी हेरिरहन्थे, जवाफ दिँदा पनि हतारिएका देखिन्थे।
अर्को प्रश्न आउनेबित्तिकै उनी फेरि घडी हेर्थे। करिब आधा घन्टामा उनले कार्यक्रम अन्त्य गरे। ‘यो विषयमा अहिले विस्तृतमा नभनौं,’ सबैको प्रश्न लिएपछि कतिपयमा दाहालले जवाफ दिए।
‘विशेष समितिबाट महत्वपूर्ण निर्णय लिनुछ, म नगई भएन, खाजा खाएर मात्र जानुहोला,’ उनले भने। ४ बजेर ५४ मिनेटमा उनी बाहिरिए। दाहाल निवास स्रोतका अनुसार सेना समायोजन विशेष समितिको बैठकस्थलबाट प्रधानमन्त्री बाबुराम भट्टराईले दाहालका सहयोगीलाई तारन्तार टेलिफोन गरेर अत्याएका थिए।
दाहालको आग्रहअनुसार पत्रकारहरूले चियाचमेना गर्दागर्दै निवासको आंगनमा भारतीय दूतावासको सेतो कार पस्यो, भारतीय झन्डा फहराउँदै। बंगलाको मूलढोकानिर गाडी घ्याच्च रोकियो। भारतीय राजदूत जयन्तप्रसाद ओर्लिए।
त्यसपछि निजी कारमा कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंह पुगे। माओवादी अध्यक्षका सहयोगी समिर दाहालले जयन्तलाई बैठक कोठातिर लगे।
६ मिनेटअघि नै विशेष समिति हिंडेका दाहालको गाडी पनि फर्कियो। दाहाल हस्याङ्फस्याङ गर्दै बैठक कोठातिर लागे।
विशेष समिति बैठकमा व्यग्र प्रतिक्षा भइरहे पनि दाहाल लाजिम्पाट मूलसडकबाट फरक्क फर्किएएका थिए। महत्वपूर्ण मित्रराष्ट्र भारतका राजदूतले अचानक भेट्न आउने खबर गरेपछि फर्किनु परेको निवास स्रोतले बतायो।
जयन्तप्रसाद दाहाललाई भेट्न आकस्मिकरूपमा आएकोबारे प्रधानमन्त्री जानकार थिएनन्। ‘बाटोबाट फर्किनुभएका अध्यक्षले प्रधानमन्त्रीलाई खबर गर्न भ्याउनु भएको रहेनछ,’ स्रोतले भन्यो, ‘भारतीय राजदूत आउनुभएको छ भन्ने खबर पाएपछि प्रधानमन्त्रीले तारन्तार फोन गर्न छाड्नुभयो।’
पत्रकारहरूका कतिपय प्रश्न पछिलाई थाती राखेर विशेष समितिमा जान हतारिएका दाहालले जयन्तप्रसादसँग भने धैर्यपूर्वक कुरा गरे। भेटमा अमरेश पनि सँगै थिए।
भेटमा जयन्तप्रसादले दाहालको भूमिका ‘चामत्कारिक’ भनेर प्रशंसा गरेको सिंहले जानकारी दिए। ‘संविधान लेखनमा पनि बोल्ड भएर अघि बढ्नुस्,’ जयन्तप्रसादले दिएको शुभकामना उद्धृत गर्दै सिंहले भने।
राजदूतलाई बिदा गरेपछि बल्ल दाहाल विशेष समिति गए। जयन्तप्रसादले बुधबार राति ८ बजे प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटेका छन्। ‘शान्ति प्रक्रिया र संविधान लेखन टुंग्याउन जस्तोसुकै सहयोग गर्न भारत तयार छ,’ जयन्तप्रसाद-भट्टराई कुराकानी उद्धृत गर्दै सिंहले भने।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया