Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – हाल एक कार्यक्रमका लागि जापानमै रहेको बीबीसी ‘साझा सवाल’ का प्रस्तोता नारायण श्रेष्ठलगायतका टिमको स्वागतमा नेपाली दूतावास टोकियो जापानद्वारा मंगलबार सांझ एक भेटघाटसहितको डिनर कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा साझा सवाल युनिटलाई जापानमा हार्दिक स्वागत गर्दै नेपाली राजदूत डा. मदनकुमार भट्टराईले उहाँहरुको जापान भ्रमण सफल र उपलब्धिमुलक होस भन्ने कामना पनि गर्नुभयो । उहाँले नेपाल र जापानबीचको सम्बन्धलाई थप फराकिलो पार्दै नेपाल सरकारद्वारा घोषित लुम्बिनी भ्रमण बर्ष तथा लगानी बर्ष २०१२/१३ लाई सफल पार्न मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका रहने बिचार ब्यक्त गर्नुभयो ।

यसैगरी बिबिसी साझा सवालका नारायण श्रेष्ठले यसरी बिभिन्न क्षेत्रका महानुभावहरुसंग भेटघाट गरी विविध पक्षका बारेमा जानकारी लिने अवसर जुटाईदिएकोमा दूतावासप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दै बुधबार टोकियोमा हुन गईरहेको साझा सवाल कार्यक्रममा उपस्थित हुन सबैमा हार्दिक आमन्त्रण गर्नुभयो ।

सो अवसरमा जापानमा क्रियाशील मिडियाकर्मी तथा मिडियासंग सम्बन्धित संघसंस्थाहरु र नेपाललाई माया गर्ने जापानी बुद्धिजीवीहरुको बाक्लो उपस्थिति र मन्तब्य रहेको थियो । नेपाली नागरिकता बाहक नेपाल राष्ट्रिय बिकास पार्टीका अध्यक्ष ताकाशी मियाहारालगायतका जापानीहरुले बुद्ध र सगरमाथाको देश नेपाललाई संसारभर चिनाउन लुम्बिनी भ्रमण बर्ष उपयोगी सिद्ध हुने विचार ब्यक्त गरे ।

यसैगरी सो अवसरमा समाजसेवी महिला सुष्मा ओमाताका साथै प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्षसमेत रहेका नेपाली समाचारका सम्पादक भूषण घिमिरे,  नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तथा समुद्रपारि डट कमका प्रधानसम्पादक  तिलक मल्ल, टोकियो नेपालका प्रकाश पौडेल माईला र पुष्करजंग थापा, नेपाल जापान डट कमकी नारायणी आचार्य र अनिल काफ्लेलगायतका क्रियाशील मिडियाकर्मीहरुको उपस्थिति र मन्तब्य रहेको थियो ।

सो अवसरमा दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले पनि बोल्नुभएको थियो । राजदूत निवास नाकामेगुरोमा भएको सो रात्रीभोजसहितको भेटघाट कार्यक्रममा नेपाल सम्बन्धि जानकार राख्ने प्राध्यापक तथा बिद्वत जापानीहरुले नेपालको आर्थिक बिकासका लागि पर्यटन नै सबैभन्दा उपयुक्त क्षेत्र हुन सक्ने धारणा राखेका थिए ।

स्मरण रहोस, जापानका नेपालीहरुका विविध पक्षका बारेमा रोचक बहससहितको साझा सवाल कार्यक्रम  बुधबार टोकियोको ताकादानोबाबामा हुँदै छ । बिबिसी वर्ल्ड सर्भिस ट्रष्टको लोकप्रिय कार्यक्रम साझा सवालमा सहभागिताका लागि जापानबासी नेपालीहरुमा सो युनिटले हार्दिक आमन्त्रण गरेको छ । साझा सवाल युनिटमा प्रस्तोता नारायण श्रेष्ठ, आनन्द श्रेष्ठ, दीपक भट्टराई र सुष्मा पाण्डे सम्मिलित छन। बिबिसी रेडियोकी पत्रकार पाण्डे भने आजै स्वदेश फ़र्किसकेका छन । टोलीले सेन्दाई तथा मियागीलगायतका भूकम्प तथा सुनामी प्रभावित क्षेत्र को भ्रमण गरिसकेको छ । ***

 

तपाईको प्रतिक्रिया