Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं –  गमलामा लगाइने कतिपय बिरुवाले सौन्दर्य बढाउनुका साथै औषधिको पनि काम गर्न सक्छ । गमलामा सजिलै हुर्काउन सकिने यस्ता बिरुवा अग्र्यानिक पनि हुन्छन् । यसरी औषधिका बिरुवा लगाउँदा वातावरण स्वच्छ त हुन्छ नै, आकस्मिक अवस्थामा प्रयोग पनि गर्न सकिन्छ । घरमै हुर्काउन सकिने केही औषधिका बिरुवा यस्ता छन्ः

एलोभेरा
घामले डढेर कालो भएको छालाको उपचार गर्न तथा पाचन प्रणाली स्वस्थ राख्न एलोभेरा उपयोगी हुन्छ । यसको जेलीले पोलेको ठाउँमा शीतलता प्रदान गर्नुका साथै छाला पनि कोमल बनाउँछ ।

मीनबहादुर तामाङ महासचिव, नेपाल फ्लोरिकल्चर एसोसिएसन

मीनबहादुर तामाङ महासचिव, नेपाल फ्लोरिकल्चर एसोसिएसन

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तुलसी
धार्मिक दृष्टिले घरमा रोपिने तुलसीले टाउकोेदुखाइ कम गराउँछ । तुलसीको पत्ता रगडेर टाउकोमा लगाउँदा शीतल हुन्छ । पानीमा यसको पत्ता पकाएर बनाइएको औषधि पछिसम्म प्रयोग गर्न सकिन्छ ।

लेवेन्डर
सूर्यको उज्यालोमा चाँडो फुल्ने यो बिरुवालाई पानी बढी हाल्नुपर्छ । यसको माथिको भागलाई भाँचेर पानीमा उमालेर बाफ लिँदा औषधिको काम गर्छ । फूलको रस प्रयोग गरी अनुहारमा भएको दाग हटाउन पनि सकिन्छ ।

लेमन ग्रास
ग्रिन टीजस्तै गरी लेमन ग्रासको पातलाई पानीमा उमालेर उपभोग गर्न सकिन्छ । लेमन ग्रासले अनावश्यक तौल बढ्न नदिनुका साथै शरीर स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पुदिना
पाचन प्रक्रियासँग सम्बन्धित गडबडी र शरीर काम्नेजस्ता समस्या भएकालाई पुदिनाको चिया उपयुक्त हुन्छ । ताजा पुदिनाको प्रयोगले पेटमा भएको गाह्रोपन, पेट फुल्नेजस्ता समस्याको समाधान हुन्छ । साथै, उम्लेको पानीमा पुदिना राखेर बाफ लिँदा खोकीको समस्या पनि निवारण गर्न सकिन्छ ।

मेहदी
मुड ठीक गर्न र चिसोपनबाट राहत पाउन मेहदीको प्रयोग उत्तम हुन्छ । बाह्रमासे बिरुवा मेहदी घामको किरणको सहायताले अझ बढ्ने हुँदा घाममा राख्नुपर्छ । मेहदीको प्रयोगले एसिडिटीको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

कपुरको पात
घाँटी खराब भएका वेला कपुरको पात प्रयोग गर्दा आराम मिल्छ । एकचौथाइ कप पानीमा कपुरको पात हालेर कुल्ला गर्दा घाँटी दुख्ने र टन्सिलजस्ता समस्या समाधान गर्न सकिन्छ ।

पाखनबेद
गमलामा गानो रोपेर पाखनबेदको बिरुवा उमारिन्छ । निकै राम्रो फूल हुने यसको गानोबाट विभिन्न रोगको औषधि बनाइन्छ । यसको प्रयोग विशेषगरी विभिन्न आयुर्वेदिक औषधि बनाउन गरिन्छ ।

तपाईको प्रतिक्रिया