फुकुओका (जापान) – फुकुओका नेपाल सोसाइटी (फुनेसो ) को १२ औ अधिबेशन ले भरत राज गौतमको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ । छत्र दाहालको संयोजकत्वमा रहेको अधिबेशन निर्वाचन कमिटीले सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष – भरत राज गौतम, उपाध्यक्ष – योगेश कार्की, सीता अचार्य, सचिब – मोति प्रसाद श्रेष्ठ, सहसचिब – सुर्य अधिकारी, कोषाध्यक्ष – दिपक देवकोटा, सदस्य – पुस्कर अधिकारी, राजेन्द्र पौडेल रहेका छन् । खाली रहेको स्थानमा मनोनयन प्रक्रिया अगाडि बढाई कार्यसमितिलाई पूर्णता दिने जानकारी दिइएको छ । निर्वाचित कार्यसमितिले अप्रिल १५ तारिखको दिन कार्य हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।
त्यसैगरि नवनिर्वाचित अध्यक्ष भरत राज गौतमले फुकुओका नेपाल सोसाइटीले हालसम्म गर्दै आएका कार्यलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम गरि संस्थालाई १ कदम अगाडी बढाउने बताएका छन् । त्यसैगरी नेपाल र नेपालीको शिर सधै उच्च रहने काम गर्ने बाचा गर्दै सबै नेपालीलाई एकताबद्ध भई नेपाल र नेपालीको प्रगतिमा हातमा हात मिलाएर अगाडी बढ्न आग्रह गरे । आफु सदा नेपाली-नेपालीको एकता, नेपालीको सफलता भन्ने संदेश लिएर अगाडी बढिरहने कुरा पनि उनले बताए ।