Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौं – शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालि द्धारा प्रकाशित शुभदिन डटकम (suvadin.com) को औपचारिक शुभारम्भ भएको छ । नेपालको आफ्नै सामाजिक सन्जालका रुपमा शुभदिन डटकम सन्चालनमा आएको हो ।

अभिव्यक्ति स्वतन्त्रताको नयाँआयामका रुपमा निर्वाध सूचनाप्रवाहका माध्यमबाट समाजका सबै खाले सरोकारमा हरेक नेपालीको पहुँच सुनिश्चित गर्नु आफ्नो मूल उद्देश्य रहेको संस्थाले जनाएको छ । समाचार कक्षबाट उ्रत्पादित र प्रसारित हुने निरन्तर र खोजमूलक सूचना सामग्री बाहेक हरेक नेपालीले आफूलाई लागेको, देखेको र भोगेको विषय, मुद्दा वा घटना शुभदिन डटकममा आफैं प्रकाशित गर्ने उसको लक्ष्य छ । 

शुभदिन डटकममा सूचना सम्प्रेषण बाहेक सार्थक सामाजिक सम्बन्ध एवम् अन्तरसंवादलाई प्रोत्साहित गर्न विभिन्न विशेषताका फिचरहरु राखिएका छन् । शुभदिन डटकमसँग नेपालका अलावा संसारका ६० देशमा प्रतिनीधि हुनेछन् ।

शुभारम्भका अवसरमा शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरका प्रेसिडेन्ट एण्ड सिइओ सनतकुमार न्यौपानेले अभिव्यक्ति क्रान्तिलाई आधार बनाएर सीमित स्रोतबाट सुरु भएको शुभदिन डटकमको चर्चा समय क्रममा सिलिक्यान भ्याली सम्म पुग्नेगरी अगाडि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया