Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

अमेरिका – अमेरिकामा रहेका ३५ जना रुसी  कूटनीतिज्ञले अमेरिका छाडेका छन् । नयाँ वर्षको दिन वासिंटन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको बताउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घन्टाभित्र अमेरिका छाडन निर्देशन दिनुभएको थियो ।

रसियन दूतावासले बताए अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन । अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्वन्ध राम्रो हुने बताउँदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया