Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

मस्को – अमेरिकी प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विदेश मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरुप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारीलाई फिर्ता गर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिफारिस गरेको बताउनु भयो ।

यसै साता अमेरिकी ओबामा प्रशासनले रसियाले अमेरिकी निर्वाचनमा गोप्य इमेल सार्वजनिक गरी डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनको निर्वाचन अभियानमा बदनाम गर्न रिपब्लिकन पार्टीलाई सघाएको लगायतका अन्य हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ३५ जना रसियाली कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएको थियो ।

मस्कोले फिर्ता पठाउन सिफारिस गरेका अमेरिकीमध्ये ३१ जना रसियास्थित अमेरिकी राजदूतावासमा कार्यरत कर्मचारी रहेका छन् भने चार जना सेन्टपिटर्सबर्गस्थित अमेरिकी महावाणिज्य दूतावासका कर्मचारी रहेका छन् ।

यसैबीच विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले तत्काल कार्यान्वयनमा नलग्ने प्रतिक्रिया दिनुभएको छ ।

पुटिनले अमेरिकाद्वारा लगाएको आरोपको पहिले नै खण्डन गरिसक्नुभएको थियो । विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले केही दिनमा अमेरिकी प्रशासनमा परिवर्तन हुने अवस्थालाई मध्यनजर राख्दै विदेश मन्त्रालयको प्रस्तावलाई तत्काल कार्यान्वयनमा नलग्न निर्देशन दिनुभएको बताइएको छ ।

पुटिनलाई बर्तमान ओबामा प्रशासनले ट्रम्पको सहयोगी भएको आरोप लगाउदै आएको छ भने ट्रम्प तथा रसियाले यसको खण्डन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया