Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – डीन नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै आइओएम बचाऊ संघर्ष समितिले तीन सातादेखि चिकित्सकशास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा लगाएको तालाबन्दी सोमबार खोलिएको छ ।

आइओएम बचाऊ संघर्ष समति र आइओएमबीच ६ बुँदे सहमति भएसँगै ताला खोलिएको हो । सहमतिपत्रमा डीन नियुक्तिका कारण समस्यामा परेको आइओएम अब सबै पदाधिकारीहरुलाई मिलाएर लैजाने, अरु पदाधिकारी नियुक्तिमा छलफल गरी योग्य व्यक्तिलाईमात्र छान्ने उल्लेख छ ।

आइओएमको डीन नियुक्तिका लागि डा. रमेशकान्त अधिकारीको प्रतिवेदन छलफलमा ल्याएर परिमार्जनसहित आगामी डीन नियुक्ति प्रक्रिया पनि त्यसैअनुसार गरिने सहमति भएको छ । ताला खोलिएसँगै कार्यकक्षमै डीन डा. जगदीशप्रसाद अग्रवालले स्वास्थ्य सेवा सबैको पहुँच पुर्‍याउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले मंसिर १ गतेदेखि सुरु हुनुपर्ने नयाँ शैक्षिकसत्र विभिन्न कारणले सुरु हुन नसकेका कारण अब पुस मसान्तसम्ममा भर्ना प्रक्रिया सुरु गराउने जानकारी दिनु भयो । सरकारले नै तोकेको ३५ लाख ५० हजार रुपैयाँभित्र नै पठन–पाठन गराउने व्यवस्था गरिने उहाँको भनाइ थियो ।

डा. गोविन्द केसीको पहलमा डीन नियुक्त भएका डा. अग्रवालको नियुक्तिप्रति आपत्ति जनाउँदै आइओएम बचाऊ संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया