टोकियो- जापानमा रहेका दर्जनौ जातीय, राजनीतिक तथा क्षेत्रिय सँस्थाहरुको भिडमा अलग पहिचान बोकेको अन्तरराष्ट्रिय नेपाली समाज जापान (INCJ) को अधिवेशन आगामी मई १३ तारिखका दिन टोकियोमा हुने भएको छ ।
अधिवेशन टोकियो ओमोरीस्थित सेइयु भवनको ५ औं तल्लामा अपरान्ह ३ बजेदेखि हुने कुरा सँस्थाका महासचिब अर्जुन अधिकारीले बताए ।
अधिवेशन समारोहमा जापानको नेपाली समुदायबीच बिद्यमान विविध समस्याहरुका बारेमा केन्द्रित रही एक बृहत अन्तरक्रिया र अन्तमा रमाइलो साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने सँस्थाका अध्यक्ष शालिकराम भण्डारी बताउंछन ।
अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा ३ सदस्यीय आयोजक कमिटी पनि गठन गरिएको बताईएको छ । ***








