Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – गैरकानुनी रुपमा युरोप प्रवेश गर्ने क्रममा यो वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अहिलेसम्मको तथ्यांक अनुसार यो वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्ये सागरमा डुबेर ज्यान गुमाउनेको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ । गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा डुंगा डुब्दा ज्यान गुएका एक सय जनासहित यो वर्ष गैरकानुनी रुपमा समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा ज्यान गुमाउनेको संख्या पाँच हजार पुगेको हो ।

आप्रवासीको सुरक्षाका लागि युरोपले ध्यान दिनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ । खराब मौसम तथा असुरक्षित डुंगाका कारण डुबेर ज्यान गुमाउनेको संख्या बढेको राष्ट्रसंघका प्रवक्ता विलियम स्पिन्डेल्एरले बताउनुभयो ।

अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै उहाँले मानव तस्करलाई निरुत्साहित गर्दै आप्रवासीको सुरक्षाका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोडा दिनुभएको छ ।

तपाईको प्रतिक्रिया