इस्लामाबाद – पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को एउटा विमान बुधबार ४७ जना यात्रुसहित दुर्घटनामा परेको छ ।
पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
पीआईएका प्रवक्ता डेनियल गिलानीले विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको जानकारी दिनुभयो ।
पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट रावलपिण्डीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको हो ।
प्रवक्ता गिलानीले विमान स्थानीय समयअनुसार दिउसो ३:३८ बजे उडेकोमा ४:२० बजे कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको बताउनुभयो ।








