Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको भीषण आगलागीमा परी ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।aigo-lago-america

नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४० नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् । उक्त स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो । शुरुमा गोदाम रहेको उक्त हल पछि स्टुडियोमा रुपान्तरण गरिएको थियो ।

अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् । फर्निचरका सामग्री रहेकाले आगो नियन्त्रण गर्न कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । आगलागीको कारण बारे केहि खुल्न सकेको छैन । –एजेन्सी

तपाईको प्रतिक्रिया