Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – पत्रकार यादव पौडेलको अज्ञात समुहद्वारा ३ अप्रिल २०१२ मंगलवार राती निर्ममतापूर्वक भएको हत्याप्रति नेपाल पत्रकार महासंघ जापान शाखाले घोर भत्सर्ना गर्दै हत्यारालाई कानुनी दायरामा ल्याउन र कडा भन्दा कडा कार्वाही गर्न जोड्दार माग गरेको छ ।

महासंघको जापान शाखाको तर्फबाट अध्यक्ष तिलक मल्लद्वारा जारी गरिएको बिज्ञप्तीमा अगाडि भनिएको छ – एभिन्यूज टेलिभिजन तथा राजधानी दैनिकका झापा सम्वाददाता यादव पौडेलको अज्ञात समुहद्वारा ३ अप्रिल २०१२ मंगलवार राती निर्ममतापूर्वक गरिएको हत्याको खवरले जापानमा कार्यरत पत्रकारहरु मर्माहित भएका छन् ।

पत्रकार यादव पौडेलको हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरी घटनाको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न र दोषीलाई कार्वाहीको दायरामा ल्याउन सरकासंग नेपाल पत्रकार महासंघको जापान शाखा जोडदार माग गर्दछ ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरिने यस किसिमका हत्याको निन्दा र भत्सर्ना गर्दै हत्या गर्ने समूहलाई पहिचान गरी तत्काल कानुनी कारवाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध तथा प्रेस स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण वनाउन सम्वन्धित निकायहरुसंग समेत यस शाखा अपिल गर्दछ – बिज्ञप्तीमा उल्लेख छ |

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया