Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

फुकुओका (जापान) – फुकुओका नेपाल सोसाइटी र फुकुओका बंगलादेश सोसाइटीले संयुक्त रुपमा फुकुओकामा अप्रिल १५ तारिख आइतबारका दिन बैशाख मेला २०६९ आयोजना गर्ने भएका छन् ।

फुकुओका नेपाल सोसाइटीका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार नेपाल र बंगलादेशको नयाँ बर्ष एकै समयमा पर्ने भएकोले फुकुओका नेपाल सोसाइटी र फुकुओका बंगलादेश सोसाइटीले संयुक्त रुपमा फुकुओकामा अप्रिल १५ तारिख आइतबारका दिन बैशाख मेला २०६९ आयोजना गर्न लागेको बताउनु भयो ।

नेपाली कला संस्कृति, नेपाली खाना, नेपाली पहिरन, नेपालको पर्यटन गन्तब्य, गौतम बुद्ध बारेको भ्रम हटाउन विभिन्न नेपाल सम्बन्धि स्टलहरु राखेर नेपाल र नेपालीकोको सम्पूर्ण जानकारी दिने प्रयास गरेको बताउनु भयो ।

उक्त मेलामा नेपाली भेषभुषा तथा संस्कृति झल्काउने प्रस्तुती देखाउन चाहने, नेपाली परम्परा झल्किने बिभिन्न सामाग्रीहरुको स्टल राखेर आफ्नो ब्यवसायिक क्षेत्र पनि फरकिलो बनाई नेपालको पहिचान दिन चाहनु हुने सम्पूर्ण जापानबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक आह्वान गर्नु भएको छ ।

नेपाल सगरमाथाको देश अनि बुद्धको जन्मभूमि नेपाल भनेर चिनाउनु, नेपाली कला संस्कृति, नेपाली उत्पादनलाई जापानीमाझ परिचित गराउने र त्यसमार्फत् नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले पहिलो पटक जापानको फुकुओकामा यस प्रकारको कार्यक्रम गर्न लागिएको हुँदा सम्पूर्ण जापानबासी नेपालीलाई मेला सफल रुपमा सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

सो कार्यक्रममाका बारेमा थप जानकारीको लागि रोहित लामा (स्टल व्यवस्थापन) ०८०-३९६८-९०५१, देबेन्द्र शाह ठकुरी, ०९०-१३४२-८५५७ (संस्कृतिक) लाई सम्पर्क गर्न सकिने बताइएको छ । साथै स्टल राख्न चाहने साथीहरुले फेब्रुअरी २९ सम्ममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया