ब्राजिल– आपराधिक समूहले गोली हानी हेलिकप्टर खसाल्दा ब्राजिलमा चारजना प्रहरी अधिकारीको ज्यान गएको छ । रियो दि जेनेरियोको गड फावेला शहरमा आपराधिक समूहले गोली हान्दा प्रहरीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

गोली लागेपछि हेलिकप्टर ढुंगा जस्तै गरी खसेको भिडियो फुटेजमा देखिएको छ । गुण्डा समूह विरुद्ध कारवाही अभियानमा रहेका प्रहरीलाई साथ दिएको हेलिकप्टरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका प्रवक्ताले दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । फावेलामा लागुऔषध तस्करीमा संलग्न समूह र प्रहरीबिच झडप हुने गरेको छ ।








