टोकियो – विश्व बैंकको आगामी प्रमुखमा जापानले अमेरिकी उम्मेदवार जिम योङ्ग किमलाई सघाउने भएको छ । उक्त कुरा अर्थमन्त्री जुन अजुमीले बताएका हुन्।
अजुमीले टोकियोमा भएको उम्मेदवार किमसँगको वैठकपछि उक्त कुरा बताएका हुन्। किम आफ्नो समर्थन खोज्न विश्व भ्रमणमा रहेको क्रममा टोकियो आएका हुन । कोरियाली अमेरिकी किम विश्व बैंकको प्रमुख पद भेटाउन दुई जना विरुद्ध प्रतिस्पर्धा गर्दैछन्। वासिङटनमा मुख्य कार्यालय रहेको उक्त संस्थाको माथिल्लो पदका लागि उम्मेदवार भएका अन्य ब्यक्तिमा उदाउदो बजारका रुपमा रहेका देशहरू नाइजेरियाका अर्थमन्त्री एङगोजी ओकोन्जो इवेला र कोलम्बियाका पूर्व अर्थमन्त्री जोस एन्टोनिओ ओकाम्पो छन्। ***








