Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – गैर आवासीय नेपाली संघ (एन आर एन) अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछाने शुक्रबार रसिया प्रस्थान गर्नुभएको छ । नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीहरुको सामुहिक लगानीमा जल बिद्युत परियोजना सञ्चालन गर्ने अभियान चलाएको गैर आवासीय नेपाली संघले आयोजना गरेको “सामुहिक लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रम” मा सहभागी हुन जापान आएका अध्यक्ष लामिछानेलाई नारिता विमानस्थलमा एन आरएनआसीसीका कोषाध्यक्ष तथा व्यवसायी भवन भट्टले बिदाई गर्नुभएको हो ।

पाँच दिने जापान बसाईका क्रममा लामिछानेले विभिन्न कार्यक्रमहरुमा सहभागी भई तीव्र रुपमा सामुहिक लगानी सम्बन्धी छलफल गर्नुभएको थियो । जीवा लामिछानेको स्वागतमा जापानस्थित नेपाली दूतावासले गत मंगलवार साँझ एक डिनरसहितको भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा लामिछानेले बिदेशमा बस्ने नेपालीहरुमा साँच्चिकै देशप्रति अगाढ माया छ भने त्यो प्रकट गर्ने बेला भएको भन्दै जलबिद्युत नै अहिलेको सर्बोत्तम र सुरक्षित लगानीको क्षेत्र भएकोले निश्चिन्त भएर लगानी गर्न आह्वान गर्नुभएको थियो ।

त्यसैगरी जापानमा विभिन्न व्यवसायमा संलग्न व्यक्तित्वहरु, जापानमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायत जापानबासी नेपालीहरुको उपस्थितिमा बुधबार टोकियोमा आयोजित “सामुहिक लगानी” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा लामिछानेले मुलुकको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीहरुको लगानीमा जल बिद्युत परियोजना सञ्चालन गर्ने प्रस्ताव गरिएको बताउँदै उक्त अभियानमा सहभागी बन्न जापानबासी नेपालीहरुलाई बिशेष आग्रह गर्नुभएको थियो ।

साथै, सामुहिक लगानीको लागि अन्य देशहरुमा पनि गैर आवासीय नेपाली संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया