Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – नेपाली प्रजातान्त्रीक आन्दोलनका शिखर पुरुष एबं नेपाली कांग्रेसका संस्थापक तथा सन्त नेता स्व. श्री कृष्ण प्रसाद भट्टराईको प्रथम स्मृति दिवस तथा आदरणिय लोकनायक नेता एबं प्रथम नागरिक राष्ट्रध्यक्ष श्रद्धेय नेता स्व. श्री गिरिजा प्रसाद कोइरालाको दोश्रो स्मृति दिवसको उपलक्ष्यमा नेपाली “जनसम्पर्क समिती जापान कन्साई क्षेत्र” द्वारा श्रद्धेय द्वय नेताहरुप्रति पुष्प गुच्छा माल्यअर्पण गरि सम्पन्न गरियो ।

हरि प्रसाद कडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका बरिष्ट सल्लाकार तुल्सीराम खरेल लगायतका उपस्थित महानुभावहरुले मन्तव्यको क्रममा स्व. भट्टराई र कोइरालाले देशको लागि दिनुभएको त्याग परित्याग तथा योगदानलाई देशले कहिले पनि बिर्सन नहुने कुराहरुमा जोड दिंदै अन्य सम्पुर्ण प्रजातन्त्रप्रेमी अग्रज अनि दाजु भाई तथा दिदी बहिनीहरुले स्व. भट्टराई र कोइरालाको जस्तो अठोट र त्याग गरी नेपाल देशलाई शान्ति र सु-सम्पन बनाउन आग्रह गर्नु भएको छ ।

अन्तमा सम्पुर्ण ज्ञात अज्ञात शहीदहरुका साथै स्व. भट्टराईको प्रथम स्मृति दिवस तथा कोइरालाको दोस्रो पुन्य तिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी संघका कन्साई सचिब कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो ।

 

 

 

तपाईको प्रतिक्रिया