Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

गाजियन्टेप – दक्षिणी टर्की स्थित गाजियन्टेप शहरमा भएको एक विवाह समारोहमा बम विस्फोट हुदाँ ३० जनाको मृत्यु भएको छ । विस्फोटमा परी ९० जना घाइते भएका छन् ।
आत्मघाती हमलाकारीले गरेको सो विस्फोट आतंकवादी आक्रमण भएको टर्की सरकारले दावी गरेको छ । सिरियाको सिमा क्षेत्रबाट ६४ किलोमिटर टाढा रहेको टर्कीको सो शहर गाजियन्टेपमा कुर्दिस समुदायको बाहुल्यला रहेको छ ।
आक्रमणको अहिलेसम्म कुनै पनि समुहले जिम्मा लिएको छैन । टर्की सरकारका अनुशार आक्रमण इस्लामिक विद्रोही समुह आइएसले गरेको अनुमान गरिएको छ । टर्कीमा पछिल्लो समय आइएस र कुर्दिस मिलिसियाले आक्रमण गर्दै आएका छन् । गत जुनमा पनि आईएसले स्तानबुल विमानस्थलमा गरेको आक्रमणमा परी ४० जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया