काठमाडौँ – नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसंघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमतिको अन्तिम नामावली प्रकाशन गरिएको छ । 
पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूमा निर्वाचित उम्मेद्वारहरुले पाएको मत परिणाम समेत नामावलीमा उल्लेख गरिएको जनाईएको छ । प्रादेशिक संरचना अनुसार बनेको नयाँ कार्यसमिति निर्वाचन गरिएको हो ।
नेविसंघको ११ औँ महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा विजयी हुनुभएको हो । महामन्त्रीमा पनि उँहा पक्षकै कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित हुनुभयो ।
निर्वाचित हुने सदस्यहरूको नामावली र मतपरिणाम हेर्न यँहा क्लिक गर्नुस् ।








