Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

लिस्बन – आदिवासी जनजाति महासंघ पोर्चुगलले निबर्तमान अध्यक्ष कान्छा शेर्पाको सम्मान तथा बिदाइ गरिएको छ । अगष्ट १६ मंगलबारका दिन एक औपचारिक कार्यक्रमका बिच बिदाइ गरिएको हो । 14031005_1378180628878633_1322080807_n

निबर्तमान अध्यक्ष शेर्पा पोर्चुगल बसाइको क्रम टुंग्याउँदै जर्मन प्रस्थान गर्न लाग्नुभएको हो । कार्यक्रममा उपस्थित आदिवासी जनजाति अगुवाहरुले निबर्तमान अध्यक्ष कान्छा शेर्पालाई खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा महासंघका नबनिर्बाचित अध्यक्ष नर भुपाल राई, महासचिव मदन लिम्बु, एनआरएन आईसीसी सदस्य रमेशकुमार गुरुङ, एनआरएन पोर्चुगलका कार्यबाहक अध्यक्ष राजन शेरचन, उपाध्यक्ष सुनिल संगम, महासचिव सोम फुरी शेर्पा, कोषाध्यक्ष रुपक श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष दावा पाख्रिनका साथै चिज कुमार तामाङ, रोबट लिम्बु लगातका आदिवासी जनजातिहरूको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया