Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले भारत र चीनका लागि दुई उपप्रधानमन्त्री निम्तोको लागि जानु होडबाजी जस्तो भएको बताउनुभएको छ । narayan khadka

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पूर्व सहरी विकास मन्त्री समेत रहनुभएका खड्काले भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी भएको भन्दै सरकारले परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले निमन्त्रणा गरेको भए उपयक्त हुने बताउनुभयो ।

यसरी दुई राजनीतिक दलका प्रतिनिधि र उपप्रधानमन्त्री निम्तोको लागि एकै समयमा जानुले सकारात्मक सन्देश नजाने समेत उहाँको भनाइ थियो । काँग्रेस पार्टीमा लामो समयदेखि भागबण्डाको राजनीति चलिरहेको सबैका सामु स्पष्ट भएको भन्दै वर्तमान समयमा पनि रामचन्द्र पौडेललाई सहयोग गर्नेहरुलाई समेत समेटर जानु पर्ने भएकाले प्रतिशतको कित्ता देखा परेको दाबी पनि उँहाले गर्नुभयो ।

तपाईको प्रतिक्रिया