Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – नेकपा एमाले स्थायी कमिटीको बैठकमा पार्टीको आन्तरिक एकता बलियो बनाउन नेताहरूले सुझाव दिनुभएको छ । yamela

पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धन समेत विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा नेता माधवकुमार नेपाल लगायत नेताले पार्टीको आन्तरिक एकता बलियो बनाउन सुझाव दिनुभयो । नेता नेपालले पार्टीले नेतृत्व गरेको सरकारमा आबद्ध दलका गठबन्धनलाई लामो समय टिकाउन नसक्नाका विभिन्न पक्षमा समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली र भीमबहादुर रावल तथा सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

दुर्घटनाबाट पार्टी स्तब्ध
काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस आज काभ्रेको बिर्ता देउराली–७, खहरेखोलामा दुर्घटना भई ठुलो सङ्ख्यामा यात्रुको निधन भएको खबरबाट आफ्नो पार्टी स्तब्ध भएको एमालेले जनाएको छ ।

मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र उद्धार र उपचारका लागि बैठकले माग गरेको छ । आइतबारदेखि सुरु भएको स्थायी कमिटीको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया