Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार दशमलव ६४ प्रतिशतले बढेको छ ।
सौर्य दैनिकका अनुसार उक्त समयसम्म २६ हजार एक सय ७२ जना रोजगारीका लागि विदेश गएका छन् । गत आवको सोही महिना यो सङ्ख्या २५ हजार ११ थियो । योसहित चालु आवको आठ महिनामा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या २ लाख ५० हजार एक सय १२ पुगेको छ । यसमा दुई लाख ३५ हजार सात सय ८९ पुरुष र १४ हजार तीन सय २३ महिला छन् । यो गत आवको तुलनामा १८ दशमलव ८२ प्रतिशत वढी हो ।
यो वर्ष संस्थागत रूपमा एक लाख ५० हजार तीन सय १७ र व्यक्तिगत रूपमा ९९ हजार सात सय ९५ जना रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । गत आवको यो अवधिमा दुई लाख १० हजार चार सय ९० जना बिदेसिएका थिए । चालु आवको फागुनमा सबैभन्दा बढी रोजगारीका लागि कतार गएका छन् । सोअवधिमा ६ हजार नौ सय ८४ जना वैदेशिक रोजगारीमा कतार गएको विभागले जनाएको छ । कतारपछि साउदीमा ६ हजार चार सय ९६, मलेसिया पाँच हजार ६३, युएई तीन हजार सात सय ३७, कुवेत एक हजार नौ सय ९५, दक्षिण केरिया नौ सय चार, बहराइन पाँच सय र जापानमा ५८ जना रोजगारीका लागि गएको पनि विभागले जनाएको छ ।
यसैगरी, चालु आवमा वैदेशिक रोजगारीका लागि कतार जानेको सङ्ख्या ७४ हजार नौ सय ३८ पुगेको छ । विभागका अनुसार यो अवधिमा मलेसियामा ५८ हजार एक सय ६५, साउदीमा ४७ हजार आठ सय २०, युएई ३९ हजार नौ सय ७९, कुवेत १५ हजार पाँच सय ८३, बहराइन चार हजार पाँच सय ४३, ओमान दुई हजार तीन सय ५२, दक्षिण कोरिया एक हजार ६ सय ८७, जापान सात सय ७० र इजरायलमा पाँच सय ७२ जना रोजगारीमा गएका छन् ।
नेपाली युवाका लागि यी मुलुक प्रमुख गन्तव्य रहेको विभागका निर्देशक काशीराज दाहालले बताए । खासगरी मलेसिया, कतार, साउदी र युएई नेपाली युवा रोजगारीका लागि बढी जानेगरेको उनको भनाइ छ । बिगतमा मलेसिया नेपालीका लागि प्रमुख गन्तव्य मुलुक भए पनि अहिले भने कतार अघि आएको दाहालले जनाए । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि अहिले आवश्यक पूर्वाधार निर्माण गरिरहेकाले निर्माण क्षेत्रमा कामदार बढी गएको धारणा उनले राखे । कतारले निर्माण क्षेत्रका लागि नेपाली कामदार बढी लिने गरेको छ ।
व्यक्तिगत रूपमा रोजगारीमा गएकाले दुर्घटना वा अन्य कारणले विदशमै मृत्यु भएमा सरकारबाट राहत तथा क्षतिपूर्ति नपाउने भए पनि यो प्रक्रिया नियन्त्रण गर्न समस्या देखिएको निर्देशक दाहाल बताउँछन् ।

तपाईको प्रतिक्रिया