Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

क्लालालम्पुर –मलेसिया र सिंगापुर जोड्नका लागि उच्चगतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघिदेखि नै दिइएको थियो ।

malasia

बिहीबार मलेसियाका स्थानीय सन्चारमाध्यमहरुले सो समाचार सार्वजनिक गरेका राजधानी क्लालालम्पुरबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यस सम्झौतामा मलेसियाली प्रधानमन्त्री नजिब रजाक र सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले हस्ताक्षर गर्ने जनाइएको छ ।

यस सम्झौताबमोजिम उक्त रेलसेवाको निर्माण आगामी सन् २०१८ बाट सुरु हुनेछ । उक्त आयोजना कहिलेसम्ममा पूरा हुने भन्नेबारेमा भने केही बताइएको छैन । यी दुई देशले एक–अर्कालाई जोड्न तीव्रगतिको रेलसेवा निर्माण गर्नेसम्बन्धी सम्झौता गर्ने भनी केही वर्षअघि योजना बनाएका थिए ।

त्यसले अब छिट्टै मूर्तरुप लिने मलेसियाका स्थानीय सन्चारमाध्यमहरुले जानकारी दिएका हुन् । तर, यस समाचारमा यी दुई देशबीच के–कति समयमा पुग्न सकिन्छ भन्नेबारेमा भने केही दिइएको छैन ।

तपाईको प्रतिक्रिया