Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

पोखरा – मुख्यसचिव डा सोमलाल सुवेदीले हामीले राजनीति धेरै ग¥यौँ अब विकासका लागि राजनीति गरौँ भन्नुभएको छ ।

लेखनाथनगरपालिकाको पचभैयामा वडा नं १०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आज स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उहाँले मनैदेखि नै यसमा लागेर विकासका योजना अघि बढाउन सक्यौँ भने त्यसमा सरकार सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

मुख्यसचिव डा सुवेदीले लेखनाथमा बसपार्क, औद्योगिक क्षेत्र र ताल संरक्षणका योजनाअघि बढाउन स्थानीयसँग आग्रह गर्नुभयो । लेखनाथनगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रताप घिमिरे, नगरपालिकाको सामुदायिक शाखाका प्रमुख मीना भण्डारी र शङ्करप्रसाद पौडेललगायतका वक्ताले स्वास्थ्य चौकीबाट स्थानीय जनता लाभान्वित हुने बताउनुभएको थियो ।

उक्त केन्द्रमा हाल एक÷एक जना अहेब, अनमी र कार्यालय सहयोगी राखेर स्वास्थ्य सेवा सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया