Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – नजिकिदै गरेको नेपाली नारीहरूको महान् चाड ‘हरीतालिका तीज’ लक्षित गरी विभिन्न कलाकारहरूले गीतहरू बजारमा ल्याउने क्रम सुरु भैसकेको छ ।

पहिला –पहिला महिला दिदी बहिनीका समस्या र व्यथालाई गीतका माध्यमबाट प्रस्तुत गरिने भए पनि आजभोली देशमा हुने गरेका विभिन्न प्रकारका घटना र विषयवस्तुलाई तीजका गीतमा उर्तान खोजिएको पाइन्छ । यसैबिच वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि गर्ने भनेर घोषणा गरेका विभिन्न योजनाहरुप्रती पनि ब्यङग्यात्मक शैलीको तीज गीत पनि बजारमा आउन थालेका छन् ।

प्रधानमन्त्रीको भाषण लगत्तै टिका टिप्पणी हुँदै आएका उनका योजनामा वैकुण्ठ महतले ‘पानीजहाज’ नामक गीत बनाएका हुन् । हालसालै सार्वजनिक गरिएको तीजको भाकामा सजिएको उक्त गीतले अब देशमा पानीजहाज चल्ने, रेल चल्ने, घरघरमा ग्यास आउने, किसानलाई पेन्सन भएपछि नेपालीहरू पनि केहीमा कम नहुने भन्दै ब्यङग्यात्मक शैलीले चेतना समेत दिएका छन् ।

गीतमा लय र शब्द गायक महतको रहेको छ भने स्वरमा उनलाई गायिका शित्तल शर्माले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा हास्यकलाकार राजु मास्टर, निरु खड्का लगायतको अभिनय रहेको छ ।

गीत हेर्नुहोस् :


तपाईको प्रतिक्रिया