Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

महेन्द्रनगर – जनकपुरको पिंडारी चोकमा नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताले आज बिहानैदेखि चक्काजाम गरेका छन् । चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन त्यहाँबाट चल्न सकेका छैनन् । केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डल सहित प्रहरीले पक्राउ गरेका केन्द्र, नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरम नेपालका कार्यकर्तालाई रिहाइको माग गर्दै चक्काजाम गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठनसम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको थियो ।
शनिबार राति समितिका वर्तमान अध्यक्ष एवम् काँग्रेस नेता रामवरण पासवानका घरमा फोरम र केन्द्र समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डल समेत नौ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले पासवानको घरमै पसेर हातपात गरेपछि तत्काल पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण गरेको प्रहरीको आरोप छ । स्थानीयवासीले भने पासवानको पक्षपोषण गर्दै प्रहरी ज्यादतीमा उत्रेको आरोप लगाएका छन् । शनिबार राति पक्राउ परेका मण्डल, साह र यादवसमेत सबै जिप्रकाका नियन्त्रणमा छन् । तीन वटै पार्टी समर्थित स्थानीय कार्यकर्ताले पिडारी चोकमा टायर बालेर प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारबाही र आफ्ना नेताको रिहाइ माग गरिरहेका छन् । केन्द्रका नेता एवम् सांसद रामसिंह यादव, नेता नन्दकिशोर यादव, झल्कु यादव, फोरम जिल्ला अध्यक्ष शेषनारायण यादव, जिल्ला नेता हरिनारायण यादव र काँग्रेसका जिल्ला सचिव सन्तोष यादवको नेतृत्वमा चक्काजाम गरिएको हो ।
यसरी चक्काजाम गरिएपछि त्रैमासिक परीक्षा चलिरहेका निजी विद्यालयका विद्यार्थी मारमा परेका छन् । उनीहरुलाई पिडारी चोकबाट विद्यालयसम्म पैदल हिँड्नु परेको छ ।

तपाईको प्रतिक्रिया