Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – गृहमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुर टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुलमा पर्खाल भत्किएर दुई छात्राको मृत्यु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।

घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित क्रान्तिकारी विद्यार्थी सङ्गठनले शुक्रवार बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री बस्नेतले कस्को कमजोरी, दोषका कारण उक्त घटना भएको हो त्यसको छानबिन गर्न छानबिन टोली गठन गरिसकेको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा परी घाइते भएकाको उपचार खर्चको व्यवस्था गर्ने पनि बताउनुभएको छ ।

उक्त दुर्घटनामा परी कक्षा ३ मा अध्ययनरत नौ वर्षीया कृपा राई र सोही कक्षामा अध्ययनरत १० वर्षीया अञ्जना पुनको निधन भएको थियो । कक्षा ३ र कक्षा ८ मा अध्ययनरत करिब २३ जना बालबालिका घाइते भएको र उनीहरूको बिएन्डबी अस्पताल, ग्वार्को र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सन्तोष विष्ट अध्यक्ष रहेको क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल, रमेश मल्ल अध्यक्ष रहेको क्रान्तिकारी विद्यार्थी सङ्गठन र रत्न ढकाल अध्यक्ष रहेको अर्को क्रान्तिकारी विद्यार्थी सङ्गठनले गृहमन्त्री बस्नेतलाई भेटी आज ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया