Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

“नेपालीका लागि नेपाली” मूल मन्त्रका साथ विदेशमा बसिरहेका सम्पूर्ण नेपाली र नेपाली मुलका दाजुभाई तथा दिदिबहिनीहरुको हकहितका बारेमा आवाज उठाउनका लागि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन-ए) विशुद्ध सामाजिक एवं साझा संस्था भएको हामीहरु सबैलाई बिदितै छ । त्यसैले त यो संस्था शुरुबाटै विदेशमा बस्ने नेपालीहरु माझ असाध्यै लोकप्रिय पनि भयो र छोटै समयमा संसारका धेरै देशहरुमा यसले आफ्नो संजाल फिजाउन पनि सफल भयो ।

तर, विस्तारै यो संस्थाका मुखियाहरुले यसको मुख्य उदेश्यतिर संस्थालाई बढि सक्रिय गराउनुका खातिर अर्कै मुद्दाहरुमा सक्रिय भएर लागेको पाईएको छ । बहुमत कतातिर छ, अर्थात् धेरैभन्दा धेरै एनआरएनहरु कुन कुराबाट पीडित छन् त्यसको पहिचान गर्न नसकेको हो वा केहि सीमित समुदायहरुको स्वार्थ पुर्तितिर लागेको हो एनआरएन-ए ? सबैलाई थाहा नै छ विदेशमा बस्ने नेपालीहरु (एनआरएन) को करिब आधाभन्दा बढि संख्या खाडी क्षेत्रमा काम गरेर बसेका छन्, त्यहाँका धेरै एनआरएनहरु विभिन्न समस्याहरुबाट ग्रसित छन् । आफ्नै नेपालीहरुदेखि लिएर विदेशीहरुबाट शोषित हुन परेको छ ।

विदेश लैजाने एजेण्टहरुले गाउँका युवकहरुलाई गाउँको चिया भट्टीबाट एक कप चियाबाट उसलाई ठग्न शुरु गर्छ र विस्तारै उ विदेश जाने बेलासम्ममा उसलाई विदेशका सपनाहरु देखाएर खानपिनदेखि कमिसनसम्म गरेर उसको धेरै खर्च गराई सकेको हुन्छ । विदेश जाँदाको खर्च सबै गर्दा खाडि मुलुक जाने एउटा नेपालीको कम्तिमा २ देखि ३ लाखसम्म खर्च भईसकेको हुन्छ । जब उ विदेश पुग्छ उसँग गरिएका सम्झौताहरु अर्थात् उसलाई भनिएको तलब सुविधाहरु केहि पनि पाउँदैन र उ घर फर्कन पनि सक्दैन । नेपालमा उसले ऋण गरेर ल्याएको पैसाको व्याज बढि रहेको हुन्छ, मरेर काम गरेपनि बच्ने पैसा भनेको ५ -६ हजार नेपाली मात्र । आउँदा भएको खर्च तिर्न पनि ३- ४ बर्ष लाग्छ । यसमा पनि कतिलाई त नेपालीहरुले नै विदेशीहरुसँग मिलेर अझै दुःख दिने गरेका समचारहरु अखबारमा पढ्न पाईन्छ । खाडि मुलुकमा काम गर्न जाँदा भोग्नु पर्ने नेपालीका समस्याहरु जस्तै कतिलाई त जानुभन्दा अगाडी नै नेपालमै नक्कली भिसा देखाएर ठग्छन्, यसमा नेपालका श्रम मन्त्रालयका कर्मचारीदेखिे एयरपोर्टका कर्मचारीहरुको मिलेमतो हुन्छ । घरेलु कामको लागि जाने नेपालीहरुलाई विदेशीहरुले गरेका अमानविय व्यवहार, आफ्नै दुतावासले गर्नुपर्ने कर्तव्यहरु पुरा नगरी उल्टै दलालीहरुसँग मिलेर पैसा खाने, विदेश लागेर बेवारिसे बनाएर नेपालीहरुको विल्लिबाठ भएको अबस्था छ । यस्ता अनगिन्ति साझा सवालहरुमा एनआरएन-ए को भूमिका के हुन सक्छ ? यस्ता जटिल कुराहरुमा एनआरएनहरुबीच व्यापक छलफल गर्न जरुरी हुन्छ । हुन त विदेशी रोजगार सम्बन्धि टाक्सफोर्स गठन नभएको पनि होईन तर बाहिर एनआरएन-ए ले यस्तो सम्बेदनशील कुरालाई कडाईका साथ उठाउन नसकेको गुनासाहरु सुन्न पाईन्छ ।

एनआरएन-ए का प्रभावशाली व्यक्तित्वहरु अहिले संसारभरि नै नेपालमा लगानी भित्र्याउनका लागि एनआरएनहरुसँग अन्तरक्रिया गर्दै हिंड्नु भएको छ, यो एउटा राम्रो पक्षपनि हो । नेपालमा एनआरएनहरु कुरा मात्रै गर्छन् भन्नेहरुलाई जवाफ त भयो, तर कम्तिमा १-२ महिना अगाडि लगानीका कार्ययोजनाहरु पठाएर सम्बन्धित देशका एनआरएनहरुसँग अन्तक्रिया गर्ने निर्देशन आईसीसीले एनसीसीलाई गरेर मात्र यो लेवलको भम्रण हुँदा राम्रो हुने थियो, त्यसो नगरी हतारिंदा पछि हतार हतारको काम…के भन्ने उखान नहोला भन्न सकिन्न ।

फेरी, एनआरएन-ए एउटा लगानी गर्ने संस्था पनि होईन, यो एउटा विशुद्ध सामाजिक संस्था भएकोले देशको समृद्धिमा टेवा पुर्‍याउन त एनआरएन-ए ले शिक्षामा जोड दिँदा राम्रो होला । अझै देशभर हाल ५२ लाख नेपाली निरक्षर (१५ वर्षभन्दा माथि उमेर समूहका पुरुष १७ लाख ३८ हजार ६४३ र महिला ३४ लाख ३५ हजार ३३६) छन् । यस्तो हुनु देशको लागि ठूलो दुर्भाग्य हो | भविष्यमा देश बनाउने भनेकै आजका बालबालिकाहरु हुन, देश शान्त र समृद्ध बनाउनका लागि सर्वप्रथम ध्यान दिनुपर्ने काम भनेको जनता साक्षर गराउनु हो | जबसम्म त्यस देशका जनता साक्षर हुँदैनन् तबसम्म देशको विकास सम्भब हुँदैन भन्ने कुरा आज विकशित देशको ईतिहासबाट साबित भैसकेको छ ।

एनआरएन-ए ले आफ्नो मूल मन्त्र “नेपालीका लागि नेपाली” लाई अझ बढी फराकिलो पार्दै विश्वभरिका नेपालीहरु “सबै र सधैंका नेपाली” भन्ने नारालाई पनि अवलम्वन गर्दै यसभित्र सम्पूर्ण नेपालीहरुलाई अटाई आज नेपालको परिधिलाई अझ बृहत तुल्याई देशमा देखापरेका विभिन्न राजनैतिक, सामाजिक-सांस्कृतिक एवं भौगोलिक जस्ता बिखण्डताहरुलाई न्यूनीकरण गर्दै हामी “मात्र नेपाली” भन्ने एकै नारामा गाभ्न र देशको बृहत्तर बिकाश गर्नका लागि विभिन्न प्रवासी संगठनहरुसंग समन्वय गर्दै विदेशमा नेपालीहरुको एकमात्र साझा सस्थाको रुपमा अगाडी बढ्ने आदि यावत कुराहरु सराहनिय छन, तथापी बहुसंख्यक एनआरएनहरुले झेलिरहेका समस्याको समाधान गर्नेतिर एनआरएन-ए को पहिलो ध्यान जानैपर्छ ।

[email protected]

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया