अभिनेता सुन ओगुरी, २९ र अभिनेत्री यु यामादा, २७ बीच लगनगाँठो कसिएको समाचार मिडियालाई फ्याक्समार्फत प्राप्त भएको जापानी समाचार संस्थाहरुले जनाएका छन् ।
टेलिभिजन नाटकमा सन् २००८ मा देखिएपछि ओगुरी र यामादाबीच डेटिङ सुरु भएको समाचारमा जनाइएको छ । धेरै पटक उनीहरुको जोडीमा उतार चढाव देखिएको र त्यो खबर स्थानीय टेब्लोइट पत्रिकाका लागि खुराक भएको थियो ।
मिडियाका लागि पठाइएको फ्याक्समा नयाँ जोडीलाई परिवार र साथीभाइको सहयोग रहेको जनाइएको छ ।
‘ह्वाइट डे’ भ्यालेन्टाइन डेको ठीक एक महिनापछि अर्थात मार्च १४ मा जापानसहित चीन, दक्षिण कोरिया र ताइवानमा मनाइन्छ ।









