टोकियो – थकाली समुदायको प्रमुख पर्व मानिने फागु पूर्णिमा अर्थात तोरन्लको उपलक्ष्यमा थकाली सेवा समिति तोकाईले आज शनिबार साँझ टोयोटा सिटीमा भेटघाट, शुभकामना आदानप्रदान तथा विविध मनोरञ्जनजन्य कार्यक्रमको आयोजना गरेको छ ।
आईची – नागोया क्षेत्रमा रहेका थकाली समुदायलाई संगठित गर्दै थसेस तोकाईले बिभिन्न अवसरहरुमा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
थकाली जातीको प्रमुख पर्व फागु पूर्णिमाको उपलक्षमा भेटघाट, आपसमा शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जनका साथ तोरन्ल कार्यक्रम सम्पन्न हुन गईरहेको टोयोटाबाट समुद्रपारिका सहयोगी श्याम राना मगरले बताए ।
यता १८ तारिख आइतवारका दिन थसेस जापान टोकियोले फागु पूर्णिमा तोरन्लकै उपलक्ष्यमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुतीसहित २१ औं शुभकामना साँझ सम्पन्न गर्न गईंरहेको छ ।








