Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – ईपिएस भीसा मार्फत गत १० महिना अगाडि कोरियाली भूमिमा आई कार्यरत बर्ष २३ की म्याग्देली चेली लिला रामजाली आफूले काम गर्ने कम्पनीमा दुर्घटनामा परि दुबै हातको पञ्जा लगाउने भागसम्म गुमाउन पुगेपछि म्याग्दी समाज समिति दक्षिण कोरियाको सक्रियतामा संकलन गरिएको एकमुष्ठ सहयोग रकम ७९,३३,१०० (उनासी लाख तेत्तिस हजार एक सय ओन) आईतबार हस्तान्तरण गरिएको छ ।

म्याग्दी समाज समिति दक्षिण कोरियाले राजधानी सउल स्थित दुर्गा रेष्टुरेण्टमा आयोजना गरेको दिवाभोज तथा सहयोग रकम हस्तान्तरण कार्यक्रममा म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचन तथा समाजका भुपु अध्यक्ष तथा सल्लाहकार नरबहादुर पुनले संयुक्तरुपमा लिला रामजालीलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । गत सलनालको दुईवटा सांस्कृतिक कार्यक्रमका दर्शकहरु माझ बक्स घुमाएर ४४,४९,१०० ओन र कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई न्युनतम अनिवार्य २०,००० ओन भन्दा माथि आफूखुशी सहयोग गर्न अपिल जारी गरिएपछि संकलित ३४,८४००० सहित जम्मा ७९,३३,१०० (उनासी लाख तेत्तिस हजार एकसय ओन) संकलन भएको थियो ।

कोरियाको पुसान शहर स्थित अस्पतालको स्वीकृतिमा २४ घण्टको लागि बिरामी चेली लिला रामजालीलाई शनिबार सांझ राजधानी सउल ल्याई आईतबार बिहान पचासौ जना म्याग्देलीहरुको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ । लिलाले सहयोग रकम ग्रहण पश्चात गहभरी आंशु झार्दै दैवले जति ठगे पनि म्याग्दीकी छोरी भएर म्याग्देली माटोमा जन्मिएकोमा गर्व लागेको प्रतिक्रिया जनाउंदै म्याग्दी समाज समितिमार्फत सहयोग गर्ने म्याग्देलीहरु लगायत सम्पूर्ण प्रवासी दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद दिईन । हाल गुमाएको दुई हात मध्य एक हातमा १ करोड २५ लाख ओनमा जर्मनमा बनेको नक्कली हात राखिएको छ । जसको लागि पुसान एरियामा नपुग रकम संकलन लगायत अन्य आवश्यक सहयोग नेपाल सम्पर्क समिति किम्हे शाखाका अध्यक्ष एलबी बिष्ट र म्याग्दी समाजका सल्लाहकार लक्ष्मण बोगटीले गरिरहनु भएको छ । म्याग्देली चेली लिला रामजालीलाई पर्न आएको अप्रिय र दुखद परिस्थितिमा सहयोग गरनु हुने सम्पूर्ण महानुभावहरुमा म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनले हार्दिक धन्यबाद दिनु भएको छ । ***

तपाईको प्रतिक्रिया