बेल्जियम – पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको तेर्हौ पुण्य तिथिको अवसरमा जनसम्पर्क समितिले बेल्जियमले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । लुभेन शहरमा आइतबार भएको कार्यक्रममा राजदुत राममणि पोख्रेलको समेत उपस्थिती रहेको थियो । राजदूत पोखरेलले एक सच्चा त्यागी, निष्ठावान, सरल, सादगी, राष्ट्रबादी नेताबाट नयाँ पुस्ताले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । कोईराला प्रधानमन्त्री हुँदा बेल्जियम भ्रमणको समेत स्मरण गर्दै सामान्य जीवनयापन गर्न मन पराउने कोइरालाबाट नैतिकताको पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधरले निरन्तर प्रजातन्त्रको लागि लडिरहने सेनानीको असामयिक निधन हुनु दुखद भएको बताउनुभयो ।
त्यसै गरी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान तथा नेपाली काँग्रेस तेह्रौ महाधिवेशन महासमिति सदस्य सीता सापकोटाले स्व. कोईराला सदैव देश र जनताको लागी मात्र सोच्ने सच्चा नेताको रुपमा चर्चा गदै उहाँले नेपाल र नेपालीको उन्नती र विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले संविधान पूर्ण कार्यन्वय गर्न सकेमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मंचका अध्यक्ष चित्र सुवेदी, प्रवासी नेपाली एकता समाजका दिपेन्द्र के सी, प्रवाशी नेपाली संघ बेल्जियमका गोपाल सिम्खडा, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, संघीय समाजबादी पार्टी बेल्जियमका लोक राना, जनप्रगतिशील मोर्चा यूरोप संयोजक बिष्णु भुजेल, जनजाती सरोकार मंच यूरोप संयोजक राम ब. गुरुङ, आई सी सी सदस्य तथा नेपाली जनसम्पर्क समिति बेल्जियाकी सल्लहाकार श्रीमती जानकी गुरुङ, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, नवलपरासी सहायता समाज बेल्जियमका महासचिव हरी सापकोटा, मोना बेल्जियमका घनश्याम शाही, पासा पुचः बेल्जियमका अध्यक्ष भिम जोशी, लुम्बिनी कपिलवस्तु अभियानका दामोदर आचार्य, एभरेष्ट समाज बरुजका महासचिव कमल सिटौला, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष सी पी भट्ट ले स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया








