टोकियो – नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर बिभिन्न कार्यक्रमका साथ “नेसाज डे” मनाएको छ ।
यहि मार्च ३ तारिख शनिवारका दिन नागोयामा “नेसाज डे” मनाईएको हो । गैह्र आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका प्रमुख संरक्षक देवमान हिराचनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
हरेक वर्ष नेपाली कला, संस्कृतिका साथै नेपाली पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रस्तुत गर्दै आएको नेसाजले यस बर्ष पनि नेपाली परम्परागत नृत्य, नेपाली भेषभुषाहरुका साथै लुम्बिनी भ्रमण बर्षको बारेमा जानकारी दिदै कार्यक्रम सम्पन्न गरेको छ । पानसमा दिप प्रज्ज्वलित गर्दै प्रारम्भ भएको कार्यक्रममा नेपाल र जापानको राष्ट्रियगान प्रस्तुत गरिएको थियो । नेसाजका अध्यक्ष बिमल अधिकारीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा एनआरएन आइसीसीका सदस्यद्वय रोविन्द श्रेष्ठ (गोबिन्द) र डा. सुदिप अधिकारी, नेसाजका निवर्तमान अध्यक्ष एबम एनआरएन जापानका सचिव सरोज कंडेल, एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, नागोया रोटरी मिराई क्लवका अध्यक्ष फुरुहासी, नेपाल इन्जिनियर्स एशोशिएशन् जापानका सचिव डा. मधुसुधन कायस्थ, एनआरएन जापान तोकाई होकुरिकुका कार्यबाहक अध्यक्ष बिष्णुप्रसाद घिमिरे, एनआरएन जापानका सल्लाहकार पारसमणि पोखरेल, एनडीएफ नागोया कमिटिका अध्यक्ष सुमन पौडेल, नेपाली जनप्रगतिशील मोर्चा नागोयाका सचिव संजिव खनाल, जनसम्पर्क समिति तोकाई होकुरिकुका सभापति चोलेन्द्र अधिकारीका साथै अन्तरराष्ट्रिय साहित्य समाज जापान, अन्तराष्ट्रिय नेपाली समाज जापान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो | कार्यक्रममा नागोया रोटरी मिराइ क्लबका अध्यक्ष फुरुहासीले रोटरी क्लव र यसले प्रदान बिधार्थिहरुलाइ प्रदान गर्दै आएको छात्रवृतिको बारेमा जानकारी गराउनुभएको थियो भने नेसाजका सचिव कृष्ण भेटवालले नेसाजको विभिन्न गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवमान हिराचन र नेसाजका निवर्तमान अध्यक्ष सरोज कंडेलले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
अनौपचारिक रुपमा शुरु भएको दोश्रो चरणको कार्यक्रम संगीतिमय भएको थियो । कलाकार मनबहादुर थापाको बाँसुरी र सारंगीको सुमधुर धुन मात्र नभई जापानी कलाकार मासाकी र यमको प्रस्तुतिले हललाइ गुन्जायमान बनाएको थियो । नेपालका विभिन्न परम्परागत नृत्यहरु देखाउन खप्पिस कलाकार नरेश महर्जनको याक नाच, लाखे नाच कार्यक्रमको अर्को आकर्षण बनेको थियो । नेपालका विभिन्न जातजाति र क्षेत्रका भेषभूषालाई नेपाली कल्चरल फेशन शो को रुपमा प्रस्तुत गर्दा कार्यक्रममा उपस्थित जापानी दर्शकहरु अभिरुचीपूर्वक हेरिरहेका देखिन्थे र उनीहरु भन्दै थिए आजको कार्यक्रममा आएर नेपालको धेरै कुराको जानकारी लिन पाइयो यसैले धेरै खुशी छौ | कल्चरल फेशन शोका संयोजन जीवक बज्रचार्य र बिनु बज्राचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा नेसाजका कार्यसमिति सदस्य पुस्करजंग थापाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमका आयोजक समितिका संयोजक एबम नेसाजका सहसचिव कुमार डल्लाकोटीले कार्यक्रमलाई सफल बनाउन आर्थिकरुपमा सहयोग गर्नुहुने, कार्यक्रमको शोभा बढाउन कार्यक्रममा पाल्नुहुने र कार्यक्रमलाई प्रचारप्रसार गरि सहयोग गर्नुहुने सबैलाई धन्यवाद मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलाइ सुरुका दिन देखिनै सफल बनाउन सहयोग गर्नु हुने पारसमणि पोखरेललाइ नेसाजका अध्यक्ष बिमल अधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो | कार्यक्रम नेसाजका सचिव कृष्ण भेटुवाल र कार्यक्रम आयोजक समितिका सदस्य सचिव एबम नेसाज कोषाध्यक्ष सन्देश पोखरेलले संचालन गर्नुभएको थियो । ***