Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ।
उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया, पाकिस्तान, बङगलादेश, ईजिप्ट तथा सुडानले आ-आफ्नो देशको खाना लगायत संस्कृति झल्किने प्रदर्शन बूथ, नृत्य, गीत, तथा फेशन शो प्रस्तुत गरेका थिए। हरेक बर्ष अक्टोबर तिर हुने उक्त कार्यक्रममा नेपालले पहिलो बर्षदेखि निरन्तर रुपमा सहभागिता जनाउदै नेपालको संस्कृति जापानी तथा बिदेशी मित्रहरुलाई चिनाउदै आएको छ।
नेपालको फोटो प्रदर्शन, नृत्य तथा फेशन शो कार्यक्रमको प्रमुख आकर्षण रह्यो। उक्त कार्यक्रम बिदेशीहरुको तर्फबाट डा. दिनेश मानन्धरले संयोजन गर्नुभएको थियो। ***

तपाईको प्रतिक्रिया