टोकियो – बिभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीका लागि जापानमा रहेका मनाङ जिल्लाबासीहरु आपसी हित र जिल्लाका लागि क्रियाशील रहने उद्देश्यले मनाङ सोसाईटी जापानको गठन गर्दै संगठित भएका छन् । शनिबार साँझ टोकियो गोतान्दास्थित माया भोजनालयमा भएको मनाङेहरुको बृहत भेलाले मनाङ सोसाइटीको जन्म दिईएको हो ।
भेलाले ब्यवसायी तथा समासेवी पेम्बा लामाको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको छ । सोसाईटीको उपाध्यक्षमा बलबहादुर गुरुङ, महासचिवमा कुशबहादुर घले र सचिवमा मनोज घले, कोषाध्यक्षमा दिकि चोटेन लामा र सहकोषाध्यक्षमा सूर्यकुमारी गुरुङ चयन भएका छन् भने सदस्यहरुमा तासी लामा (अनिल), सोममाया गुरुङ, ओम घले, केशङ लामा, अनिता गुरुङ, सोनु लामा, कुयसाङ लामा, राजु लामा र गंगा गुरुङ चयन भएका छन् । यसैगरी संरक्षकमा पेम्बाछिरिङ लामा र सल्लाहकारमा तासी वाङ्दी लामा चयन भएका छन् ।
यसरी जापानमा संघसंस्थाहरुको लामो सूचीमा फेरि अर्को नयाँ सँस्थाको नाम थपिएको छ । अनुमानका आधारमा पचासौं संघसंस्थाहरु जापानमा रहेको भनिए पनि वास्तविकतामा क्रियाशील संघसंस्थाहरुको संख्या चालिसको हाराहारीमा रहेको बिभिन्न तथ्यहरुले पुष्टि गरेका छन् ।
मनाङ सोसाईटी जापानको भावी कार्यक्रम तथा योजना छिट्टैनै सार्बजनिक गरिने नवनिर्वाचित अध्यक्ष लामाले बताए । ****